चैनपुर ट्याक्टर दुर्घटना : मृतकको संख्या तीन पुग्यो [अपडेट]

184

खाँदबारी, २५ असार । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्याक्टर दुर्घटना परेर मृत्यु हुनको संख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्याक्टर पल्टिएर ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।

ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टर ‘लोडपिन’ अचानक भाँचिन गइ रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्

चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो [अपडेट]

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ जना घाइते

Share This:
सम्बन्धित खबर
Loading...