विनोद शाही मृत्यु प्रकरणमा मेयर चलाउनेसहित सात जना पक्राउ

105

अछाम, २० असार । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु प्रकरणमा मेयर अम्बिका चलाउनेसहित सातजना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् ।

यसअघि पाँच जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिए । उनका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

चलाउने कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचित मेयर हुन् । अछाम प्रहरीले केही दिनमै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

विनोद २१ जेठ बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् ।

यस्तै, उक्त घटनाको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आइतबार र सोमबार सवारीसाधन बन्द गराएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...