एकीकृत समाजवादीका असन्तुष्ट १० मध्ये ६ सांसद्ले गरे हस्ताक्षर फिर्ता

151

काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी)का लिखित निवेदन दिएका १० जनामध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरेका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए ।

सांसद्हरु पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ष कायस्थ र धनबहानुर बुढाले हस्ताक्षर फिर्ता गरेका हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद् निरा जैरुले भने हस्ताक्षर लिएका छैनन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी)का १० सांसद्ले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...