काठमाडौँ, २ असार । लेखक तथा जनता समाजवादी पार्टी (जसपा)का युवानेता मिलनकान्छा किरातीले जसपा फुट्न लागेको आरोपको खण्डन गरेका छन् । प्रवासी नेपाली लगानी बोर्ड एसिया प्यासिफिक कमिटीको कार्यक्रममा राखिएको जिज्ञासालाई सम्बोधनगर्दै किरातीले भने, ‘जसपा फुट्दैन । हाम्रो जोड एकतामा हुन्छ ।’
उनले थपे, ‘संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विरुद्ध हस्ताक्षर अभियान चलाएको कुरा मलाई थाहा छैन । डा.सा’पले त्यस्तो अनैतिक कार्य गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । यदि गर्नुभयो भने उहाँ आफैँ सकिनुहुन्छ । पार्टीमा अन्तरसंघर्ष गर्ने बेलाको सही पहिचान गर्न सकिएन भने एतिहासिक भौतिक द्वन्द्ववादले सखाप बनाउँछ ।’
लोसपाका महन्थ ठाकुर, राजेन्द्र महतोहरुले आत्मालोचना गरेर गल्ती स्वीकार्ने हो भने जसपाले अझै एकताको ढोका खुला राखेको र जसपाले फुट र विभाजनमा नभइ बृहत् एकतामा जोड दिने किरातीले बताए ।