सदनमा मागियो अर्थमन्त्रीको राजीनामा

204

काठमाडौँ, ३० जेठ । बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको समाचार उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसद्‌मा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा मागेको हो ।

बेलायती संसद् र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद् भट्टराईले सोही विषय नेपालमा लागु हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले यसबारे सदन, सांसद्, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण गराएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...