बजेटमा सपना मात्रै बाँडिएको छ : शंकर पोखरेल

109

काठमाडौँ, २३ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्याधिक भएका कारण आगामी वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए ।

महासचिव पोखरेलले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरे ।

“बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठुलाठुला कुरा गरिएको छ । समग्रमा भन्नुहुन्छ भने यो बजेट व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...