टिभी हेर्ने क्रममा विवाद हुँदा हजुरआमाको घाँटी थिची हत्या

132

उदयपुर, २२ वैशाख । उदयपुरमा आफ्नै हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार त्रियुगा नगरपालिका १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोमा नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी हुन् ।

आफ्नै घरमा गत चैत २३ गते मृतक सुखनीदेवीको शव शंकास्पद अवस्थामा भेटिएको थियो । प्रहरीले अनुसन्धान गरेर नातिनी ममतालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

“मृतकले निज ममता चौधरीलाई टिभी खोल्नका लागि घरमा बोलाएको टिभी हेरिरहने क्रममा हजुरआमा र नातिनिबीचमा कुराकानी हुँदै जाँदा विवाद उत्पन्न भइ ममता चौधरीले सुखनीदेवी चौधरीलाई लात्तीले हानी भुईँमा लडाइ घाँटीमा थिची कर्तब्य गरी मारी मृतकलाई खाटमा सुताइ भागेको भन्ने अनुसन्धानबाट खुल्न आएको,” डिएसपी आचार्यले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...