सङ्खुवासभा बस दुर्घटना : मृतकका परिवारलाई नगरपालिकाले एक लाख दिने

366

खाँदबारी । सङ्खुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई १ लाख रुपैयाँ दिने भएको छ ।

मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही १ लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङ्थेपले जानकारी दिए । यस्तै, बैठकले घाइतेहरुलाई ५० हजार रुपैयाँसमेत दिने निर्णय गरेको हो ।

गत बिहीबार बिहान मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । ४ जना घाइते समेत भएका थिए । उनीहरुको घरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...