थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि, ४ जनाकाे मृत्यु

260

काठमाडाैँ । नेपालमा आइतबार ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १३ हजार ३७७ पिसिआर परीक्षणका क्रममा ५ हजार ५९८ जना र ४ हजार ६० एन्टिजेन परीक्षणका क्रममा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणको अवस्था अनुसार ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ४ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २१ हजार ६९९ संक्रमित निको भएका छन् । हाल नेपालमा ७७ हजार ४० सक्रिय संक्रमित आइसाेलेसन र १ सय ४९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...