अब स्मार्ट लाइसेन्स नवीकरण चितवनबाट पनि, प्रचण्डले गरे सेवा शुभारम्भ

293

चितवन । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गरेका छन् ।

अध्यक्ष प्रचण्डले हालसालै सुरुवात गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गरेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भिडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत् अनलाइन टोकन प्रणाली लागु गरिएको छ । चितवन डट बागमती डट जिओभी डट एनपीमा लग इन गरी आफ्नो विवरण भनेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण सुरु पगर्ने बताए । चितवनमा विसं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...