काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् ।
गत बिहीबार सत्ता बठबन्धनबाट ५९ जना प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
पाण्डेले २२ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि त्यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे गठबन्धनको समर्थनमा बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् ।
यसअघि, डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।