काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म जाने बताएका छन् ।
गठबन्धन राजनीतिक उद्देश्यका साथ बनेकाले यसलाई इमान्दारपूर्वक चुनावसम्म टिकाएर लैजाने बताएका हुन् ।
उनले आगामी निर्वाचनसम्म नै यो गठबन्धन जारी रहने पनि बताए । उनले प्रदेश सकारले धेरै भ्रमको खेती गरेको र कागजमा मात्र विकासको खाका देखाउने गरेको बताए ।
“कांग्रेस गठबन्धनप्रति इमान्दार छ, अहिले त हाम्रो गठबन्धनमा ५९ जना पुगिसक्नुभयो,” बानियाँले भने,“अब प्रक्रिया नलम्ब्याऊ, सभामुखले पनि यसलाई नलम्ब्याउने वातावरण बनाऊ । संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई चुनावसम्म पुर्याउँछौँ ।”
उनले जनतालाई खुसी कागजमा होइन, व्यवहारमा ल्याउनुपर्ने बताए । त्यो काम आफूहरुको सरकारले गर्ने पनि उनले बताए । उनले मुख्यमन्त्री शाक्यले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने धारणसमेत राखे ।