गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ बाेलकाे गीत सार्वजनिक [भिडियो]

134

काठमाडौँ । चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत सार्वजनिक भएको छ ।

लोकप्रिय गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वर रहेको गीतमा कृष्णभक्त राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गायक तथा गायिका स्वयंले अभिनय गरेका छन् ।

दुर्गा बान्तवा तथा मनोज राईको सिनेम्याटोग्राफी र जीवन मुकारुङले सम्पादन गरेको भिडियो जुनी खालिङ राईको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सिंगापुर पुलिसमा दुई दशक सेवा गरेका गीतकार जीवन मुकारुङका यस अघि तीन एल्बम, एक गीति पुस्तक र एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...