काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवाली नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् ।
उनले शुक्रबार जिल्ला निर्वाचन अयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । उनी समानुपातिक सांसद् हुन् ।
उनीसहित एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यको संख्या १३ पुगेको छ ।
बागमती प्रदेशसभा एमालेका ५६ सांसद्मध्ये १३ जना एकीकृत समाजवादीमा खुलेपछि एमालेमा ४३ सांसद् भएको छ ।
यसअघि माधवकुमार नेपाल पक्षमा १२ जना सांसद् खुलेका थिए ।