बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, आजै शपथ

409

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद्को बैठक राखेर मुख्यमन्त्री पौडेलले सहयोगवापत सबै मन्त्रीहरुलाई धन्यवाद दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाउन गएको जानकारी दिए ।

राजीनामापछि पौडेलले सञ्चारकर्मीहरुसँग भने पार्टी एकताका लागि आफूले पदबाट राजीनामा दिएको बताए ।

उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको सांसद अरुण नेपालले जानकारी दिए ।

बागमती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् । राति ९ बजे शपथ लिने गरी तयारी भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...