थुनुवा मृत्यु प्रकरण : डिएसपीलाई प्रदेश प्रहरी कार्यालय तानियो, जवान निलम्बित

435

काठमाडौं । धनुषामा थुनुवा मृत्यु प्रकरणमा दुईजना प्रहरीलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी नयाब उपरीक्षक (डिएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने एकजना जवानलाई निलम्वन गरिएको छ ।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरसत कक्षको शौचालयमा झन्डिएको अवस्थामा फेला परेको घटनामा जिल्ला प्रहरी धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको प्रदेश प्रहरी डिआइजी उमेश रञ्जितकारले जानकारी दिए ।

दाजुभाइको विवादमा ज्यान मार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

पीडितलाई राहत र ड्युटीमा खटिएको प्रहरीमाथि छानबिन गर्ने सहमतिपछि परिवारले शव बुझेका छन् । सहमतिअनुसार पीडित परिवारका एकजनालाई जागिर दिने लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवले प्रतिबद्धता जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...