महिलालाई यौन कार्यमा लगाएको आरोपमा दुईजना पक्राउ

377

कास्की । महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

राम्रो काम लागाइदिने प्रलोभन देखाइ यौन कार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१२ अमरचोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा–२७ रिठ्ठेपानी बस्ने रोशन गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ । पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...