राष्ट्रपति भण्डारीबाट रथी शर्मालाई कायममुकायम तोकियो

316

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रमुराम शर्मालाई यही साउन २६ गतेदेखि लागु हुने गरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छन् ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गते समाप्त हुँदै छ । उनले अनिवार्य अवकास पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्ने भएकाले ज्यष्ठताका क्रममा रहेका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...