३३ किलो सुन काण्डका फरार प्रतिवादी ‘भोजे मामा’ पक्राउ

128

काठमाडौं । ३३ किलो सुन काण्डका फरार प्रतिवादीलाई आज काठमाडौंको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ ।

मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...