पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

622

काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । आइतबार भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारतले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको छ ।

कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो । श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेन ।

दनुस सनकाले ३९, चरित असलान्काले ३८, अविस्का फर्नान्डोले ३३, मिनोद भनुकाले २७ तथा भनुका राजापक्षले २४ रन जोडे ।

भारतका दीपक चाहर, युजवेन्द्र चाहल र कुलदीप यादवले समान २–२ विकेट लिए ।

२ सय ६३ रनको लक्ष्य भारतले ३६.४ ओभरमै ३ विकेटको क्षतिमा भेट्टायो । आक्रामक सुरुवात गरेको भारतका शिखर धवन र पृथ्वी शाँले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । शाँले ४३ रन बनाए भने धवन ८६ रनमा नटआउट रहे ।

यस्तै, एकदिवसीय क्रिकेटमा डेब्यु गरेको इशान किसनले अर्धशतकीय पारी खेले । धवनसँग दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गरेका किसनले ४२ बलमा २ छक्का र ८ चौकसहित ५९ रन बनाए । यस्तै मनिष पाण्डेले २६ तथ सूर्य कुमार यादव ३१ रनमा नटआउट रहे ।

जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रत लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...