बलात्कार आरोपमा पक्राउ

203

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्र बहादुर बुढालाई पक्राउ गरिएको छ ।

आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मंगलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैनिकका प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...