थप २,४०७ जनामा कोरोना, ३,९९४ संक्रमणमुक्त

320

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५१७ आरटी पिसिआर र ४ हजार ८८९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार १०० जना र भेन्टिलेटरमा ३४६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरबाट ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८७.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...