नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक भारतीय पक्राउ

149

काठमाडौं । उदयपुरमा नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै एकजना पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत, भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...