सहमहामन्त्री महत भन्छन्–ठाकुर पक्ष अवसरवादी थियो, सत्ता टिकाउन ओलीले प्रयोग गरे

320

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षमा अवसरवादी चरित्र भएको आरोप लगाएका छन् ।

सरकारमा मधेशी नेता नेता जानु पछाडि प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिको फाइदा महन्थ ठाकुर पक्षले दिएको उनले आरोप लगाए । “ओलीजीमा सत्ताप्रतिको आशक्ति छ, मधेशी दलहरुले त्यसको उपयोग गरिरहनुभएको छ,” उनले भने,“उहाँहरु (महन्थ ठाकुर पक्ष)को अवसरवादी चरित्र लामो समयदेखि देखिँदै आएको हो ।”

मधेशका खास मुद्दालाई थाती राखेर सरकारमा जाने मधेशी नेताको अवसरवादी भएको उनको भनाइ छ । कोरोना भाइरस संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने भएकाले प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापिथत गर्ने आफूहरुको विश्वास रहेको पनि उनले बताए ।

शुक्रबार राति गरिएको सरकार पुनः गठन गैरसंवैधानिक भएको डा.महतले बताए । प्रधानमन्त्री ओलीमा आफू सत्तामा बस्नका लागि पुनः असंवैधानिक कदम चालेको उनको आरोप छ । उनले ओली सत्तामा टिक्नका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार रहेको आरोप लगाए ।

“१७ जना मन्त्री भएको मन्त्रिपरिषदमा १० जना त जसपाको ठाकुर पक्षका मात्र हुनुहुन्छ,” उनले भने,“यसबाट के पुष्टि हुन्छ भने ओलीमा आफू सत्तामा हुनुपर्यो, जनता वा देश जस्तोसुकै होस् भन्ने मानसिकता छ ।”

Share This:
सम्बन्धित खबर
Loading...