प्रतिनिधिसभा विघटन प्रकरणः आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

482

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

आइतबारको सुनुवाइमा पनि कानुन व्यवसायीहरुले इजलासका न्यायाधीशमाथि प्रश्न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार पनि इजलाका न्यायाधीशमाथि प्रश्न उठेको थियो ।

रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश बम कुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्न नहुने राय दिएपछि शुक्रबारको सुनुवाइ प्रभावित बनेको थियो ।

न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि उनी नै संवैधानिक इजलासमा बस्न नमिल्ने राय दिएका थिए । आज पनि यो विषयले निरन्तरता पाउने बुझिएको छ ।

तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भने हरेक न्यायाधीशमाथि प्रश्न उठाउने हो भने सम्पूर्ण सुनुवाइ प्रभावित हुने भन्दै यसमा पुनःविचार नहुने संकेट गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...