प्रतिनिधिसभा विघटनः १९ रिटको सुनुवाइ आज हुँदै

427

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजदेखि सुनुवाइ सुरु हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई बहुमत सांसद्को समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले बिहीबारदेखि सुनुवाइ सुरु गर्ने भएको हो ।

बिहीबार १९ रिटमा सुनुवाइ हुने र शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

नेकपा (एमाले)का नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित विपक्षी गठबन्धनका १ सय ४६ जना सांसद्सहित कांग्रेस सभापति देउवा रिट लिएर सर्वोच्च पुगेका थिए ।

देउवालाई १ सय ४९ सांसद्ले प्रधानमन्त्रीका लागि समर्थन गरेपनि दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा सोही दिन प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

राष्ट्रपतिको सोही कदमपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिभिसभा विघटनविरुद्ध सर्वोच्चमा गएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...