‘रेम्डिसिभिर’ अब नेपालमै उत्पादन गरिने

419

काठमाडौं । काेराेना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ ।

नेपाल औषधि उत्पादन संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ ।

नेपालमा यसको परीक्षण पास भइसकेको र छिट्टै उत्पादनको काम सुरु गरिने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए । “हामी रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा छौँ । नेपालमा नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम सुरु गर्दैछौँ,” उनले भने ।

भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमणको दर उच्च भएपछि भारतले निर्यातमा प्रतिबन्ध लगाएको थियो । वैशाखयता विभागले बंगलादेशबाट आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...