रियल मड्रिडको उपाधि जित्ने सम्भावना कायमै

392

एजेन्सी । स्पेनिस ला लिगामा भएको पछिल्लो खेलमा ग्रानडामाथि जित हात पार्दै रियल मड्रिडले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ग्रानडालाई उसकै मैदानमा ४–१ गोल अन्तरले हराउँदै मड्रिडले सानदार जित दर्ता गरेको हो ।

मड्रिडलाई जित दिलाउन लुका मोड्रिच, राड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेञ्जेमाले एक–एक गोल गरे ।

जितपछि शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी छोट्याएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७८ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ ।

एट्लेटिकोले बाँकी रहेको आफ्नो दुवै खेल जितेको खण्डमा उपाधि पक्का हुनेछ । मड्रिडले उपाधि जित्नका लागि एट्लेटिकोले एक हार बेहोर्नुका साथै अबको दुवै खेल जित्नुपर्ने अवस्था छ ।

ला लिगामा गएराति भएको अन्य खेलमा भिया रियलले रिउल भल्लाडोलिडमाथि २–० जित हात पार्यो भने आइबर र रियल बेटिसले १–१ गोलको बराबरी खेल्यो ।

Share This:
सम्बन्धित खबर
Loading...