काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियूको कारबाही फिर्ता नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् आज उनले यस्तो बताएका हुन् । “पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियूको कारबाही फिर्ताको कुनै सम्भावना छैन,” अध्यक्ष महरले फेसबुकमा लेखेका छन् ।
केही महिनाअघि अनेरास्ववियूले निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
संगठनको हितविपरीत गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको थियो ।