विराटनगरबाट लागु औषधसहित एक जना पक्राउ

282

मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित कटनमिल क्षेत्रबाट सोमबार एपिएफ टोलीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको विराटनगर महानरपालिका १३ अभिवादन टोल बस्ने २८ वर्षिय बिरनारायण यादव छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनले खुट्टामा टेपले बाधेर लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट ४८ वटा, नाइट्राभेट ट्याब्लेट ६० वटा र डाइलेक्स डिसी १० बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज यादवलाई बरामद लागु औषधसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...