भोजपुर, २५ कात्तिक । अरूण नदीमा सञ्चालनमा रहेको फेरी आज (बुधबार) दुई बजेसम्म बन्द गरिएको छ ।
भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ९ को सिमाना अरूण नदीमा सञ्चालित फेरी दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदासले बताउनुभयो ।
उक्त फेरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई खाँदबारी हुँदै तराईका जिल्लाहरूसँग आवतजावत गर्न सहज बनाएको छ । दिउँसो दुई बजेपछि भने सेवा पुन सुचारू गरिने सूचना नै जारी गरिएको छ ।