भाइटीकाका अवसरमा आज दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

0

काठमाडौँ, २५ कात्तिक । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू पूजा, दर्शन गरी टीका लगाउन पुग्ने गर्छन् ।

ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। पोखरीको बीचमा सोही समयमा बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो ।

यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पूजा, दर्शन र टीका लगाउने परम्परा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...