मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

17

अर्घाखाँची ५ कात्तिक । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उहाँका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो । छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...