काठमाडौँ, १२ असोज । साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिनुभयो ।
साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।