स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

9

वीरगञ्ज, २७ भदौ । स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका ५०० रूपैयाँ दरका ८९१ थान, २०० रूपैयाँ दरका नोट र १०० रूपैयाँ दरका ४३ थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...