काठमाडौँ, १७ साउन । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० रूपैयाँ र चाँदी ४५ रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ रूपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँ र चाँदी चार हजार ३६० रूपैयाँ कायम भएको थियो । बिहीबार एक तोला सुन दुई लाख ८४ हजार रूपैयाँ र चाँदी चार हजार ३१० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।