कार्यगत एकताबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली

3

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीहरूबिच एकता नभइ विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्लन कार्यक्रममा उहाँले अहिले नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्नुभयो । “देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौँ,” उहाँले भन्नुभयो, “हामी फेरि पनि उठ्न सक्छौँ । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् कार्यदलका संयोजक राम बहादुर थापा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...