पेट्रोलियम पदार्थको मूल्यवृद्धि

1

काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले बुधबार मध्यराति अर्थात् १२ बजेदेखि लागु हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रूपैयाँ वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टितेलको प्रतिलिटर २३७ रूपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रूपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रूपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...