काठमाडौँ, २३ जेठ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागु हुने गरी अन्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ । सङ्घले आज (शनिबार)देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । यसअघि ४६५ रुपैयाँ रहेको थियो ।
यस्तै, ठुलो अन्डाको ५४५ रुपैयाँ पुगेको छ । यसअघि ४९० रुपैयाँ रहेको थियो ।
यसैगरी, मध्यम अन्डाको ५१५ रुपैयाँ भएको छ । सानो अन्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो ।
यसअनुसार खुद्रा बजारमा अन्डाको मूल्य करिब २५ रुपैयाँ पुगेको छ ।