तोलामा दश हजार चार सयले बढ्यो सुनको मूल्य

20

काठमाडौँ, ७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० रूपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रूपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ९२० रूपैयाँ कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रूपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रूपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रूपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...