रूवी साह हत्या प्रकरणका मुख्य आरोपी शरीर जलेको अवस्थामा पक्राउ

51

रौतहट, ११ भदौ । रौतहटमा बन्द सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रूवी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ ।

पासवानले आफैँले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिनुभयो ।

उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको हो । उनका टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको प्रहरी स्रोतले जनाएको छ ।

हाल उनको अवस्था गम्भीर भए पनि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

सुटकेशभित्र शव घटना : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

सुटकेशभित्र महिलाको शव फेला

सुटकेशमा फेला परेको शवको पहिचान खुल्यो

Share This:
सम्बन्धित खबर
Loading...