काठमाडौँ, ३० साउन । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदै छ ।
नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुने छ । टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो ।
प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।