काठमाडौँ, ५ साउन । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुने छ । यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्ष स्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ ।
यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलङ्का भिड्ने छन् । भुटान ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अङ्कविहीन हुँदै पुछारमा छ ।