साफ यू–२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको शानदार जित

38

काठमाडौँ, ३ साउन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८–० गोलको जित निकालेको छ ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।

नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।

 नेपालले सोमबार बंगलादेशसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...