प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

32

काठमाडौँ, २० असार । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले यही असार १३ गते बढुवा हुनुभएका उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ । यसअघि उहाँले उपत्यका पृतनामा निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...