३२ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

20

काठमाडौँ, १६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सयसहित चिनियाँ नागरिक ३२ वर्षीय शाओजुन लिउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर चाइनाको उडानद्वारा काठमाडौँबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...