सङ्खुवासभामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

157

खाँदबारी, ११ जेठ । सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका-९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दीपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसमेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...