राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरेर घटाउनुपर्छ : मन्त्री राई

8

काठमाडौँ, १६ वैशाख । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा संघीय संसद्अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण पत्र रक्षा मन्त्री मानबिर राईलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

सोही क्रममा मन्त्री राईले अनावश्यक घोषणा गरेर मात्र राख्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरेर घटाउनु उचित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनु पर्छ भने पनि घटाउ थुप्रै योजना घोषणा गर्ने काम भने नहुने भयो भने, हाम्रो आन्तरिक अवस्थाले धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने सक्ने मात्र गरौं भन्ने मेरो पनि मत छ ।’

यस्तै, उहाँले समितिबाट प्राप्त सुझाव बुझेर जस्ताको त्यस्तै प्रधानमन्त्री र भौतिक मन्त्रीलाई बुझाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुले दिनुभएको सुझाव बुझेर जस्ताको त्यस्तै प्रधानमन्त्री र भौतिक मन्त्रीलाई बुझाउनुपर्छ । हामीले सोचेको लक्ष्य हासिल गर्न समस्या भइरहेको छ । कतिपय कुराहरु पहिचान गर्न जरुरी हुन्छ । कुन कुरालाई उच्च प्राथमिकतामा राख्ने भनेर पनि ध्यान दिनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...