अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

37

काठमाडौँ, १६ वैशाख । अभिनेत्री रेखा थापाले नाटकमा देखिने हुनुभएको छ । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटक ‘मीरा’बाट उहाँले नाटकमा डेब्यु गर्न लाग्नुभएको हो ।

जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्वारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको छ ।

नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दै हुनुहुन्छ ।

नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ । यो नाटकको रियल्सन र रिडिङ सुरु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...