कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

42

खाँदबारी, १० वैशाख । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...